भारतीय नागरिक ३३ तोला सुनसहित पोखराबाट फरार

पोखरा । पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा कार्यरत ३७ वर्षीय रञ्जन राजवंशी ज्वेलर्सको ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन्।

भारतको कलकत्ता घर भएका उनी बुधबारदेखि ३३ तोला सुनसहित सम्पर्कविहीन भएका हुन् ।

Advertisement

कम्पनीको पोखरा न्यूरोडको पसलबाट ३३ तोला सुनका गहना लिएर दिउँसो ३ बजे गहना बनाउने स्थान पोखराको सृजनाचोक हिडेकोमा उनी बिहीवारसम्म सम्पर्क नआएको जानकारी कम्पनीले प्रहरीलाई दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले राजवंशीको खोजिकार्य भइरहेको जनाए ।

More News last news
Loading...