काठमाडौं । कालिगण्डकी एकीकृत विकास केन्द्र र बि एम फाउन्डेसनको संयुक्त आयोजनामा बडा दशै तिहारको शुभकामना र चापाकोट नगरको समग्र विकासका सन्दर्भमा आयेयोजित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा चापाकोटको विकासका सन्दर्भमा औधोगिक क्षेत्र विकास गर्नु पर्ने, तरकारी र मसलाबालीको जोन बनाउनु पर्ने, मेडिकल कलेज , भौतिक पुर्वाधारको विकास गल्याङ चापाकोट सडक मिर्दी चापाकोट सडक लगायत, विद्यालय क्याम्पसको स्तरोन्नति , साहसिक पर्यटन, होम स्टे पर्यटन, खेल पर्यटन बीच भलिबलको समेत व्यापक संम्भावना रहेको सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रममा वैक तथा वित्तीय संस्थाका प्रतिनिधि, ब्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बैक चापाकोट शाखा प्रबन्धक रामचन्द्र पंज्ञानी, वडा न. ९ का अध्यक्ष शंकरभक्त भण्डारी वडा नं १० वडा अध्यक्ष रामचन्द्र कोईराला सहकारी विकास बोर्ड सदस्य सरस्वती भट्टराई, नेकपा नेता हरि पज्ञानी नेकपा चापाकोट सचिव राजु कोईराला, जिल्ला समन्वय समिति सदस्य विण्णु आचार्य, लगायतले मन्तब्य राखेका थिए ।
भ्रमण वर्ष २०१९/२०२२ गण्डकी प्रदेश आयोजक समितिका सदस्य अनन्तकुमार श्रेष्ठले नगरको सम्भावनालाई रणनैतिक योजना बनाई लागू गरेमा समृद्ध चापाकोट बन्ने बताए । कार्यक्रमका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले कालीगण्डकी राष्ट्रिय नदि महोत्सवको आयोजना पश्चात् विकास का कार्यमा निरन्तर लागिरहेको र चापाकोट नगर लगायत कालिगण्डकी भ्यालीको समृद्धिको योजना बनाउने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमकी प्रमुख अतिथि चापाकोट नगर उप प्रमुख विमला श्रेष्ठले सबैसग सहकार्य गरि चापाकोटको विकासमा लागि पर्नेमा जोड दिइन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
