नेपाली काँग्रेसका युवा नेता अजित क्षेत्री अधिकारीले पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय क्षेत्री अधिकारीले नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं१ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारी गरेका हुन् । युवा पुस्ताको सक्रिय सहभागिता, संगठन सुदृढीकरण र पार्टीभित्र पुस्तान्तरणलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका क्षेत्री अधिकारीले विद्यार्थी संगठन हुँदै नेपाली काँग्रेसको जिल्ला तथाप्रदेश तहमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य र कार्यसम्पादन समितिमा समेत सक्रिय रहेका छन् ।पार्टीको नीति, विचार र संगठनलाई समयानुकूल बनाउन युवाको भूमिकाथप प्रभावकारी हुनुपर्नेमा जोड दिँदै क्षेत्री अधिकारीले आफू निर्वाचित भए पार्टी संगठनलाई थप गतिशील बनाउन भूमिका खेल्ने बताएका छन् ।
१५औँ महाधिवेशन नजिकिँदै गर्दा स्याङ्जामा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूबीच गतिविधि बढिरहेका बेला क्षेत्री अधिकारीको उम्मेदवारीलाई पनि चासोका साथ हेरिएको छ। यसअघि कांग्रेसको १४ औं महाधिवेशनमा लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि बिजयी भएका क्षेत्री गण्डकी प्रदेश भातृ संस्था प्रमुख समेत रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
