श्रवण मावि पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा विक्रम संवत्

स्याङ्जाको पुतलीबजार नगरपालिका१४, लामागेमा रहेको श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको साधारण सभातथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। आईतबार विद्यालय परिसरमा सम्पन्न अधिवेशनले विक्रम शाहि समुन्द्र (विक्रम संवत्) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनले पूर्व विद्यार्थीबीचको सम्बन्ध, सहकार्य एकतालाई थप मजबुत बनाउँदै विद्यालयको शैक्षिक तथा सामाजिकविकासमा योगदान पुर्‍याउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो। विक्रम संवत्को नेतृत्वमा मञ्चले पूर्व विद्यार्थीको संगठित शक्ति र सक्रियतालाई विद्यालयको हितमा परिचालन गर्ने अपेक्षा गरिएको छ।

Advertisement

कार्यक्रममा मञ्चका अध्यक्ष अमृत लामिछानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विक्रम केसीले आर्थिकप्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा संस्थाका विगतका गतिविधिको समीक्षा, आगामी कार्ययोजना तथा पूर्व विद्यार्थीबीचकोसहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा पुर्व विद्यार्थी समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक सन्जय सिंह थापा, पुतलीबजार नगरपालिकाका पूर्व नगरउपप्रमुख महेश पुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष भण्डारी, पूर्व अध्यक्षहरू नरबहादुर केसी, ओमप्रसादपौडेल मंचका संस्थापक रविन केसी, वडा नं. १४ का वडा सदस्य मुबारक मियाँ, पूर्व शिक्षक ध्रुवबन्धु पौडेल, युवा व्यवसायीसूर्यप्रसाद लामिछाने, चिन्तु गिरी, हिमलाल पुरी तथा कमला पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अधिवेशनबाट प्रधानाध्यापक दीपक रेग्मीको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गराएकोथियो। समितिमा पूर्व विद्यार्थी सूर्यप्रसाद शर्मा सहायक प्रधानाध्यापक वेदप्रसाद पौडेल सदस्य रहेका थिए। निर्वाचनबाटअध्यक्षमा विक्रम शाहि समुन्द्र (विक्रम संवत्), उपाध्यक्षमा उषा थापा, सचिवमा सुशील भण्डारी, सहसचिवमा अस्मिता लम्साल र कोषाध्यक्षमा विजय सुनाम निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा रमेश पौडेल, सूर्य भण्डारी, मनिता पुरी, चोलानाथ गिरी, नारायण पुरी, कृष्ण थापा, कमला पौडेल र सुन्दर केसी निर्वाचित भएका छन्।

यससँगै संवतको नेतृत्वमा श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले नयाँ कार्यदिशासहितको यात्रा सुरु गरेको छ। पूर्वविद्यार्थीको अनुभव, क्षमता ऊर्जालाई विद्यालयको हितमा जोड्दै शैक्षिक उन्नति, सामाजिक उत्तरदायित्व संस्थागतविकासमा मञ्चलाई थप सक्रिय बनाउने चुनौती अब नयाँ कार्यसमितिको काँधमा आएको छ। कार्यक्रम मञ्चका अध्यक्षअमृत लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो। सहसचिव उषा थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिवविक्रम संवतले कार्यक्रम सञ्चालन गरेका थिए।

More News last news
Loading...