स्याङ्जा प्रहरीको साउन समीक्षा : अपराध नियन्त्रणदेखि नागरिक सेवासम्म सक्रियता
२१ मुद्दा दर्ता, १३ प्रतिवादी पक्राउ; १,४४४ पटक प्रहरी परिचालन, १९६ सचेतनामूलक कार्यक्रमबाट २,५९१ जना लाभान्वित
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २०८३ साल साउन महिनामा अपराध अनुसन्धान, शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, नागरिक सेवा तथा जनचेतनाका क्षेत्रमा सञ्चालन गरेका गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरीकार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एस पी रन्जित सिंह राठौर, प्रहरी नायब उपनिरीक्षक डि एस पी रमेश अवस्थी लगायतको प्रहरी टोलि सहित सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा साउन २९ गतेसम्मको सुरक्षा अवस्था र प्रहरी गतिविधि सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवामा जोड दिइएकोजानकारी गराइएको हो।
साउन महिनामा विभिन्न प्रकृतिका २१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ५ वटा फर्छ्योट भएका छन् भने १६ वटा बाँकी छन्।अनुसन्धानका क्रममा १३ जना प्रतिवादी पक्राउ परेका छन्। दर्ता भएका मुद्दामा जबरजस्ती करणी, लागुऔषध, बाल यौनदुरुपयोग, चोरी, अभद्र व्यवहार, बैंकिङ कसुरलगायतका अपराध छन्। फैसला कार्यान्वयनतर्फ १३ वटा मुद्दामा कारबाहीगरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४ उजुरीमध्ये ३ वटा मिलापत्रभएका छन् भने एउटा बाँकी छ।
हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ १४ जना हराएकामा ८ जना फेला परेका छन् भने ६ जना अझैफेला पर्न बाँकी छन्। प्रत्यक्ष निवेदनबाट प्राप्त २६ ठाडो उजुरीमध्ये २४ वटा फर्छ्योट भएका छन्। साउन महिनामा जिल्लामा ४ जनाले आत्महत्या गरेका छन् भने ३ जनाले आत्महत्याको प्रयास गरेको विवरणमा उल्लेख छ।यससँगै आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि समुदायस्तरमा सचेतनामूलक गतिविधि सञ्चालन गरिएको प्रहरीलेजनाएको छ।
अपराध नियन्त्रणतर्फ प्रहरीले विभिन्न घटनामा पक्राउ तथा अनुसन्धान अघि बढाउनुका साथै विरुवा गाउँपालिका–५ कोजंगलबाट १ थान भरुवा बन्दुक तथा त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको छ। चोरी भएका २ वटा साइकल र ५ वटा मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। हराएका मनीपर्स तथा झोलासमेत फेला पारी सम्बन्धित व्यक्तिलाईबुझाइएको प्रहरीले जनाएको छ। त्यस्तै, जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका अन्दाजी १ हजार ७ सय ९० गाँजाका बोट नष्ट गरिएको छ भनेकरिब १८० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ।
१,४४४ पटक प्रहरी परिचालन
शान्ति–सुरक्षा कायम गर्न साउन महिनामा प्रहरी १ हजार ४ सय ४४ पटक परिचालन भएको छ। जसमा ४०६ पिकेट, ३४८चेकिङ, १०४ ग्रामीण गस्ती, ३ लामो दूरीको गस्ती र ५८३ छोटो दूरीको गस्ती रहेका छन्। यता, साउन महिनामा ७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १ जनाको मृत्यु, ३ जना गम्भीर तथा ६ जना सामान्य घाइते भएका छन्।
विपद्मा प्रहरीको उद्धार भूमिका
विपद्तर्फ १० वटा घटना भएका छन्। ती घटनामा १ जनाको मृत्यु भएको छ भने पशुचौपायातर्फ २० वटा क्षति भएको विवरणछ। बाढी तथा अन्य विपद्का घटनामा प्रहरीले उद्धार तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणसमेतगरेको जनाएको छ।प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणतर्फ पनि प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी कारबाही गरेको छ। अवैधबालुवा तथा नदीजन्य पदार्थ संकलनका विभिन्न घटनामा रु. ३० हजार, रु. ३ हजार र रु. १० हजार जरिवाना गरिएको छ।
जनचेतनामा पनि जोड
अपराध न्यूनीकरण, साइबर अपराध, लागुऔषध, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने अपराध, विपद्व्यवस्थापन र ट्राफिक सचेतनालगायत विषयमा १९६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट २ हजार ५ सय ९१ जना लाभान्वित भएका छन्। सामुदायिक प्रहरी साझेदारीअन्तर्गत १६७ वटा समिति गठन गरी समुदायसँगको सहकार्यलाई समेत निरन्तरता दिइएको छ।नागरिक सेवा अन्तर्गत कन्ट्रोल रुममा ३४२ वटा फोन कल प्राप्त भएका छन् भने विभिन्न सेवामार्फत ५३८ जनालाई सेवा प्रदानगरिएको विवरणमा उल्लेख छ।
वन्यजन्तुबाट हुने क्षतितर्फ पुतलीबजार–१३ गिजिङडाँडास्थित कुखुरा फार्ममा चितुवाको आक्रमणबाट २५ वटा कुखुरा मरेका, ५० वटा सकुशल रहेका र ३५ वटा फेला नपरेका छन्। कालिगण्डकी क्षेत्रमा चितुवाको आक्रमणबाट २ वटा बाख्रा समेत मरेकाछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
