जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी मानवीय सेवा र सामाजिक उत्तरदायित्वको अवसर बनाउँदै लायन्स क्लबअफ स्याङ्जा पुतलीबजारका संस्थापक अध्यक्ष तथा लायन्स लिडर श्रीबहादुर गुरुङले अनुकरणीय उदाहरण प्रस्तुत गरेकाछन्। आफ्नो जन्मदिनको अवसर पारेर गुरुङको सहयोगमा अमोर सेवा नेपाल, फेदीखोला, स्याङ्जामा रहेका बालबालिकाका लागि सामसुङ ब्राण्डको रेफ्रिजेरेटर (फ्रिज) सहित विभिन्न दैनिक उपभोग्य सामग्री प्रदान गरिएको हो।
‘आफ्नो खुसीमा अरूको खुसी जोड्ने’ भावनासहित गरिएको यस सहयोगले बालगृहमा आश्रित बालबालिकाको दैनिकजीवनमा सहजता थप्नुका साथै सामाजिक सेवाको सुन्दर सन्देश दिएको छ। जन्मदिनमा गरिने खर्चलाई सेवा र परोपकारमासमर्पित गर्ने गुरुङको पहलले व्यक्तिगत खुसीभन्दा मानवीय सेवाको खुसी अझ ठूलो हुने भावलाई सार्थक बनाएको छ।
कार्यक्रममा लायन्स क्लबका पूर्वअध्यक्ष डोलप्रसाद रेग्मी ‘कृष्ण’, बालगृह सञ्चालिका कमला पराजुली, स्याङ्जा चेम्बर अफ कमर्सका महासचिव ओमप्रसाद पौडेल, लायन्स क्लबका निवर्तमान गभर्नर तथा लायन्स केन्द्रीय लिडर चण्डीप्रसाद अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै गुरुङको सामाजिक सेवाप्रतिको योगदानको प्रशंसा गरेका थिए।
लायन्स क्लब अफ पुतलीबजार स्याङ्जाकी अध्यक्ष देवी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष तथालायन्स पिताम्बर गौतम ‘प्रकाश’ले कार्यक्रममाथि प्रकाश पारेका थिए। बालगृहकी जेठी छोरी अमृता क्षेत्रीले स्वागत मन्तव्य, सहयोगदाता श्रीबहादुर गुरुङले धन्यवाद ज्ञापन तथा क्लबकी सचिव राधिका पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा लायन रुद्र विश्वकर्माले झन्डोत्तलन गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
