नयाँ सपनाको स्वागत, उत्कृष्टताको सम्मान : शिशु निकेतनको प्रेरणादायी कार्यक्रम

शिशु निकेतन अंग्रेजी माध्यमिक विद्यालय, पुतलीबजार, बाडखोलाले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको उत्साहपूर्ण स्वागत गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको छ। प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्रबहादुर गोदारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन स्याङ्जाका सचिव हरिप्रसाद अर्याल, पुतलीबजार प्रज्ञा प्रतिष्ठानकी सदस्य मञ्जु थापा, विद्यालयका प्रिन्सिपल मनोज मल्ल, कक्षा १११२संयोजक खगेन्द्र सुवेदी, भूपू सैनिक आवासीय माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल जीवन ढकाल तथा शिक्षक प्रकाश कोइराला लगायतले नवप्रवेशी विद्यार्थीहरूलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै निरन्तर मेहनत, अनुशासन उत्कृष्टताको मार्गमा अघि बढ्न प्रेरित गरेका थिए।

कार्यक्रममा शैक्षिक सत्र २०८२ मा कक्षा ११ मा उत्कृष्ट नतिजा हासिल गर्ने दिलिसा पौडेल, लक्की शाही, स्वइच्छा श्रेष्ठ, सम्राट सेन सायुष थापालाई सम्मान गरिएको थियो। साथै पूर्णिमा थापा, भिजन विक्रम शाह, प्रिन्स मल्ल, उज्वल गुरुङ, सब्बिर अली सक्षम नेपालीको आकर्षक नृत्य प्रस्तुति तथा द इकोज ब्याण्डको सजीव सङ्गीतले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो। सम्राट सेनको सभापतित्वमा सहयात्री पार्टी प्यालेस गुणिखोलामा सम्पन्न कार्यक्रममा सायुष थापाले स्वागत मन्तव्य व्यक्तगरेका थिए भने दिलिसा पौडेल स्वइच्छा श्रेष्ठले विद्यार्थीका तर्फबाट आफ्नो अनुभव प्रतिबद्धता साझा गरेका थिए।

Advertisement

स्याङ्जा सदरमुकाममा नै होटल म्यानेजमेन्ट विषय अध्यापन गराउने शिशु निकेतन अंग्रेजी माध्यमिक विद्यालय एकमात्र शैक्षिक संस्था हो। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता व्यावसायिक दक्षता अभिवृद्धिमा समेत जोडदिँदै आएको जनाएको छ।

More News last news
Loading...