स्याङ्जाबाट धार्मिक सहिष्णुताको सन्देश : सामाजिक सद्भाव यात्रा सम्पन्न

“धर्म फरक हुन सक्छ, तर मानवता एउटै हो; आस्था अलग हुन सक्छ, तर देशप्रतिको माया समान हुन्छ।” यही सन्देशलाईआत्मसात् गर्दै लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा र स्याङ्जा टेलिभिजनको संयुक्त आयोजनामा सामाजिक सद्भाव यात्रा आइतबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव राष्ट्रिय एकताको सन्देश बोकेको उक्त कार्यक्रममा हिन्दु, बौद्ध, मुस्लिम, इसाईलगायत विभिन्न धर्मका धार्मिक अगुवाहरू, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयनागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Advertisement

राष्ट्रिय झण्डासहित एकताको सन्देश बोकेर गरिएको यात्रामा सहभागीहरूले “धर्मले विभाजन होइन, प्रेम, सहिष्णुता र सहअस्तित्व सिकाउँछ”भन्ने भाव व्यक्त गर्दै विविधतामै नेपालको शक्ति सुन्दरता रहेको धारणा राखे। कार्यक्रमले आपसीविश्वास, पारस्परिक सम्मान सामाजिक एकतालाई थप मजबुत बनाउँदै “हामी सबै नेपाली, हाम्रो साझा पहिचान-सद्भाव, शान्ति र एकता” भन्ने सन्देश सम्पूर्ण समाजमा प्रवाह गरेको छ।

More News last news
Loading...