कृष्ण पौडेलको नेतृत्वमा रोटरी क्लब अफ नक्साल शक्तिको नयाँ यात्रा, स्वास्थ्य–शिक्षा प्राथमिकतामा

रोटरी क्लब अफ नक्साल शक्तिको पाँचौँ इन्स्टलेसन तथा ह्यान्डओभर कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा कृष्ण पौडेलले रोटरी वर्ष २०२६–२७ का लागि अध्यक्षको जिम्मेवारी ग्रहण गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक सेवालाई प्राथमिकतामा राखी समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले यस वर्ष निःशुल्क भीआईए स्क्रिनिङसहित मानसिक, दन्त तथा बाल स्वास्थ्य शिविर सञ्चालन गर्ने, दुर्गम विद्यालयमा शैक्षिक सामग्री वितरण र विद्यार्थी तथा शिक्षक लक्षित क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

Advertisement

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका सचिव डा. टोकराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न रोटरी क्लबका अध्यक्ष, पदाधिकारी, रोटेरियन तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। सोही अवसरमा निवर्तमान नेतृत्वबाट अध्यक्ष कृष्ण पौडेललाई औपचारिक रूपमा पद हस्तान्तरण गर्दै नयाँ कार्यसमितिको इन्स्टलेसन सम्पन्न गरिएको थियो।

More News last news
Loading...