गुरुपूर्णिमाको अवसरमा जनगणपति माविका शिक्षक सम्मानित

गुरुपूर्णिमाको पावन अवसरमा म्याग्दे गाउँपालिका स्थित जनगणपति माध्यमिक विद्यालयमा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा रहेको सगरमाथा बाल क्लबको आयोजनामा विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकशिक्षिकालाई भव्य कार्यक्रमबीच सम्मान गरिएको हो।

सगरमाथा बाल क्लबका अध्यक्ष सपना आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिका का वडा अध्यक्ष टुकराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए

Advertisement

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पोखरेलले विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्दै आयोजना गरेको कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताए उनले यस्ता कार्यक्रमले विद्यार्थी शिक्षकबीचको सम्बन्धलाईअझ सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे 

प्रधानाध्यापक पोखरेलले गुरुप्रतिको विद्यार्थीको सम्मान आधारलाई यस्ता कार्यक्रमले अझ बलियो बनाउने उल्लेख गर्दै शिक्षकहरूलाई समेत विद्यार्थीप्रति थप जिम्मेवार उत्तरदायी बन्न प्रेरणा मिल्ने बताए गुरुपूर्णिमाको अवसर पारेरआयोजना गरिएको उक्त कार्यक्रमले शिक्षकप्रति विद्यार्थीमा रहेको सम्मान कृतज्ञता व्यक्त गर्नुका साथै विद्यालयमा शिक्षकविद्यार्थीबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील न्यौपाने, शिक्षकअभिभावक संघकी अध्यक्ष पविता थापा, कार्यपालिका सदस्य जानकी थापा, वडा सदस्य बालचन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रमले गुरुपूर्णिमाको सांस्कृतिक तथा शैक्षिक महत्वलाई समेत उजागर गरेको आयोजक सगरमाथा बाल क्लबले जनाएको छ।

यस्तै, म्याग्दे गाउँपालिका वडा नं को वडा कार्यालयले आफ्नो वडाभित्र रहेका जनगणपति माध्यमिक विद्यालय पसले आधारभूत विद्यालय रविचन्द्र आधारभूत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई गुरु पूर्णिमाको पावन अवसर पारी टीका माला खाँदा सम्मानपत्र सहित सम्मान गरेको

More News last news
Loading...