बालश्रमको समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ स्याङ्जामाविविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवाकार्यालयको आयोजना र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा “बालश्रमलाई रातो कार्ड : बालबालिकाको लागि निष्पक्षखेल, वयस्कको लागि मर्यादित काम”भन्ने मुल नाराका साथ अर्जुनचौपारी गाउँपालिका मा रहेको पञ्चकन्या माध्यमिकविद्यालयमा बालश्रम विरुद्ध दिवस मनाइएको हो ।
प्रभातफी पछी भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्रविकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय सबैको सहकार्यलाई अझप्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका वडा न १ का अध्यक्ष रणबहादूर थापाले बालबालिकालाई सम्मानजक जीवनविताउन बालश्रमको अन्त्य अति आवश्यक रहेको बताउदैँ स्थानीय बालमैत्री शासन स्थापित गर्न पालिका अगाडी बढिरहेकोबताए ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बाल्यकाल हाँसखेल, मनोरञ्जन, माया, ममता र गुणस्तरीय शिक्षाकोछहारीमा वित्नुपर्ने कुरामा जोड दिदैँ बालबालिकाको बाँच्न पाउने, संरक्षणसँगै विकास र सहभागिताको अधिकारसुनिश्चिताको बाल बालश्रम अन्त्य आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रहरी चौकी अर्जुनचौपारीका प्रहरी सहायक निरिक्षक रुद्र बहादूर रिमालले बालश्रम कानुन र संविधानले वर्जितगरेको कुरा बताए । बालबालिकामा थुप्रै सम्भावना रहेको र उनिहरुमा लगानी गर्न आवश्यक रहेको समेत उनले बताएका थिए ।
कार्यक्रममा बालबालिकाहरुले विभिन्न साहित्य र सिर्जना मार्फत् बालअधिकारको सुनिश्चिततासँगै बालश्रमको अन्त्यकोलागि आवाज उठाएका थिए । उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यालयको तर्फबाट बालबालिकाको हातमा ईटा होइन कापी, कलम र पुस्तक हुनुपर्छ भन्ने सन्देश दिन बालबालिकालाईकापि कलम र बालसाहित्य पुस्तक प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम प्रसादढकालको अध्यक्षतामा सञ्चालन भएको थियो भने सञ्चालन अर्जुनचौपारी गाउँपालिका महिला तथा बालबालिका शाखाप्रमुख मनिषा घिमिरेले गरेकी थिईन । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन१२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् २०२५ सम्मकोबालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आइएलओले जनाएको छ । नेपालको सविधानले भाग ३ को धारा३९ मा बालअधिकारसम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ । हाल नेपालका ११ लाख बालबालिका बालश्रम गर्न बाध्यरहेको तथ्याङ्क रहेको छ ।
बालश्रम अन्त्यको अभियानलाई तीव्र बनाउन युनिसेफ र आइएलओले सरकारहरूलाई जोखिममा रहेका परिवारका लागिसामाजिक सुरक्षा तथा बालभत्ताजस्ता कार्यक्रम विस्तार गर्न, बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन, गुणस्तरीय शिक्षामा सबैबालबालिकाको पहुँच सुनिश्चित गर्न, युवा तथा वयस्कका लागि मर्यादित रोजगारी सिर्जना गर्न तथा श्रम कानुनकोप्रभावकारी कार्यान्वयन गर्दै आपूर्ति शृङ्खलामा हुने बालशोषण रोक्न आग्रह गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
