स्याङ्जामा अपाङ्गता भएका व्यक्ति तथा अभिभावकका लागि ५ दिने मौरीपालन तालिम र घार वितरण

 

अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाको आयोजना तथा स्याङ्जाको पुतलीबजारनगरपालिकाको सहयोगमा स्याङ्जामा अपाङ्गता भएका व्यक्ति/अभिभावकहरूका लागि आर्थिक सशक्तिकरण कार्यक्रमअन्तर्गत मौरी पालन सम्बन्धी ५ दिने तालिम तथा घार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

यहि जेठ २४ देखि सन्चालित तालिम जेठ २८ गते अर्थात् आज मौरीको घार वितरण सहित समापन भएको हो । १७ जनाप्रशिक्षार्थीहरु सहभागी रहेको तालिमको समापन पुतलीबजार नगर उपप्रमुख देवी अर्यालद्वारा गरिएको हो ।

Advertisement

कार्यक्रममा उप प्रमुख अर्यालले सीप र ज्ञान सिकेर आत्मनिर्भर बन्दै आफ्नो परिवार र समाजलाई पेसा र व्यवसायमा थप प्रेरित गर्नुपर्ने बताईन । यस्तै, अपांग महासंघ गण्डकीका सचिव राम शर्मा पोखरेल, प्रमुख प्रशिक्षक शोभा चन्द्र रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक व्यक्तित्व नारायण रेग्मीले कार्यक्रम सन्चालन गरेका थिए ।

More News last news
Loading...