स्याङ्जामा अपाङ्गता भएका व्यक्ति तथा अभिभावकका लागि ५ दिने मौरीपालन तालिम र घार वितरण

 

अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाको आयोजना तथा स्याङ्जाको पुतलीबजारनगरपालिकाको सहयोगमा स्याङ्जामा अपाङ्गता भएका व्यक्ति/अभिभावकहरूका लागि आर्थिक सशक्तिकरण कार्यक्रमअन्तर्गत मौरी पालन सम्बन्धी दिने तालिम तथा घार वितरण गर्ने कार्यक्रम सम्पन्न भएको

यहि जेठ २४ देखि सन्चालित तालिम जेठ २८ गते अर्थात् आज मौरीको घार वितरण सहित समापन भएको हो१७ जनाप्रशिक्षार्थीहरु सहभागी रहेको तालिमको समापन पुतलीबजार नगर उपप्रमुख देवी अर्यालद्वारा गरिएको हो

Advertisement

कार्यक्रममा उप प्रमुख अर्यालले सीप र ज्ञान सिकेर आत्मनिर्भर बन्दै आफ्नो परिवार र समाजलाई पेसा र व्यवसायमा थप प्रेरित गर्नुपर्ने बताईन । यस्तै, अपांग महासंघ गण्डकीका सचिव राम शर्मा पोखरेल, प्रमुख प्रशिक्षक शोभा चन्द्र रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक व्यक्तित्व नारायण रेग्मीले कार्यक्रम सन्चालन गरेका थिए ।

More News last news
Loading...