स्याङ्जामा वित्तिय साक्षरता एवम् मनोसामाजिक परामर्श सम्बन्धी २ दिने तालिम सुरु

स्याङ्जामा वित्तिय साक्षरता एवम् मनोसामाजिक परामर्श सम्बन्धी २ दिने तालिम सन्चालन गरिएको छ । अभियान सुचना केन्द्रस्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोगमा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा सो तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन एक कार्यक्रमका बिच सोमबार पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले गरेका हुन् । कार्यक्रममा नगर प्रमुख रेग्मी सहित स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, मुक्तिनाथ विकास बैंकका क्षेत्रिय उपप्रबन्धक एवम् तालिमका प्रशिक्षक ऋषि ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Advertisement

अभियान केन्द्रकी अध्यक्ष विद्या पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका सल्लाहकार गिरीधारी लम्सालले स्वागत, अर्का सल्लाहकार तथा कार्यक्रम संयोजक लेखनाथ शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष बन्दना लम्सालले सन्चालन गरेकी थिईन ।

मंगलबार समापन हुने तालिममा स्याङ्जा जिल्लाभित्रका विशेषगरी पुतलीबजारका ५० जना भन्दा बढी युवा तथा महिला प्रशिक्षार्थीहरु रहेका छन् । सो तालिममा प्रशिक्षक दोय मुक्तिनाथ बैंकका ढकाल र पुतलीबजार सामी कार्यक्रमकी आरती अधिकारीले प्रशिक्षण प्रदान गर्नेछन् ।

More News last news
Loading...