पाणिनीमा सन्चालित श्रीमद्भागवत सत्संग सप्ताहको आयव्यय सार्वजनिक

स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रेहको पाणिनी आश्रम तथा पाणिनी संस्कृत गुरुकुलमद्वारा यहि बैशाख ७ देखि सन्चालित १३ गतेसम्म श्रीमद्भागवत सत्संग सप्ताह, वास्तु पुजन, लघुरुद्राभिषेक, सांगितिक कथा प्रवचन एवम् निर्माणाधिन भैरवेश्वर शिव पान्चायन मन्दिरको शिलान्यास कार्यक्रमको आयब्यय विवरण सार्वजनिक गरिएको छ ।

आईतबार पाणिनी संस्कृत गुरुकुलममा आयव्यय सार्वजनिक कार्यक्रममा कोषाध्यक्ष हुमनाथ पौडेलले प्रस्तुत गरेको आर्थित प्रतिवेदन अनुसार सो कार्यक्रममा कुल आम्दानी रकम २१ लाख ३४ हजार ८ सय ३१ रुपियाँ भएको छ भने कुल खर्च ५ लाख ५२ हजार ५ सय ७९ रुपियाँ रहेको छ । यस्तै, १५ लाख ८२ हजार २ सय ५२ रुपियाँ खुद बाँकी रकम रहेको छ ।

Advertisement

कार्यक्रममा १००८ स्वामी ईश्वरानन्द, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनबन्धु पौडेल, सल्लाहकार सदस्य लोक नाथ रेग्मी, सल्लाहकार सदस्य ध्रुवबन्धु पौडेल, उपाध्यक्ष हरि प्रसाद पौडेल,पाणिनी संस्कृत गुरुकुलमका अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा,पाणिनी आश्रम गुरुकुलमका प्रधानाध्यापक देविशरा काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।

सोहि अवसरमा प्रमुख वाचक १००८ स्वामी ईश्वरानन्द र पत्रकार पवन मरासिनीलाई सम्मान समेत गरिएको थियो ।पाणिनी गुरुकुलमका सन्चालक समितिका अध्यक्ष चुडामणि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद पौडेलले स्वागत एवम् सन्चालन सचिव ऋषिराम शर्माले गरेका थिए ।

यसैबिच, आईतबार नै दिन बन्धु पौडेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र हरि प्रसाद पौडेलको संयोजकत्वमा शिक्षक अभिभावक संघ समेत गठन गरिएको गुरुकुलमका सचिव शर्माले जानकारी दिए ।

More News last news
Loading...