सूचना मूलक सन्देशहरु सारङ्गीको तालमा गीत गायर गाउँघरमा पुयार्ने मात्रै होइन, नेपाल र नेपालीको सुख–दुख, आँशुहाँसो,पीर व्यथाका भाव पोख्दै आफ्नो मातृभूमिको महिमापूर्ण गीत सुमधुर सारङ्गीको धुन बज्ने गाउँघर र बजारमा अहिलेत्यस्ता दृश्य कमै मात्र देख्न पाइन्छ । अझ नयाँ पुस्ताले यस प्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्नछाडेको छ । स्याङ्जा उच्च मावि कक्षा ७ मा पढ्ने जिवीका परियारको नयाँ शैक्षिकसत्रको पढाइ सुरु नभएको हुदाँ घर मै छिन्उनी जेष्ठ नागरिकबाट नेपाली मौलिक साङ्गीतिक बाजा सारङ्गी बजाउने सीप सिक्न पाउँदा खुसी छिन् । उनी जस्तै त्रिभुवनआदर्श माविका छात्र सुसान्त गन्धर्व भन्छन् हाम्रो मौलिक पेशा र बाजाको रुपमा रहेको सारङ्गी सिक्न पाउँदा भविष्यमा आफूसङ्गीतको कलाकार बन्ने इच्छामा थप सहयोग पुग्ने वताए । उनीहरु जस्तै सधैँ कापी कलम लिएर विद्यालय जाने स्याङ्जाका बालबालिकाहरु शैक्षिक सत्रको पढाइ सुरु हुनु भन्दा अगाडीको विदाको समयमा सारङ्गी लिएर यसबाटसुमधुर संगीत निकाल्ने सीप सिक्छन् ।
यो किस्सा गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जाको लामपाटामाआयोजना भएको जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवनको अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम अन्तर्गत जेष्ठनागरिकहरुले बालबालिकालाई सारङ्गी बजाउने सीप हस्तान्तरण कार्यक्रमको हो ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले गन्धर्व जातीको मौलिक बाजा सारङ्गी नेपाली संस्कृति रपरम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण सँगै सारङ्गीको संगीतले बालबालिकामासृजनशीलता, धैर्यता र एकाग्रता सँगै भावनात्मक विकासमा पनि सकारात्मक प्रभाव पारी उनीहरूलाई संवेदनशील र जिम्मेवारनागरिक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने “आधुनिक सङ्गीतबीच सारङ्गीको अवस्था खुम्चिएकालेपछिल्लो पुस्तालाई सारङ्गीको महत्व कति हुन्छ भनेर देखाउनु पनि कार्यक्रमको उद्देश्य हो ।”
प्रशिक्षक सुर्यमान गन्धर्वले सारङ्गी बजाउने सीप बालबालिकामा हस्तान्तरण गर्नु केवल कला सिकाउनु मात्र होइन, यो हाम्रोसंस्कृति, पहिचान र मूल्यहरूलाई जोगाउने महत्वपूर्ण कार्य भएको बताउदैँ सिकेको सिपलाई निरन्तरतासँगै जीवनउपयोगीबनाउन बालबालिकाहरुलाई सुझाव दिए ।
पुतली बजार नगरपालिका वडा न १३ का वडा अध्यक्ष जुद्ध बहादूर रानाले जेष्ठ नागरिक र बालबालिकाबीच सीप साटासाटहुँदा आपसी माया, सम्मान र समझदारी पढ्नु साथै परिवार र समाजमा सद्भाव कायम गर्न मद्दत पुर्याउने , बालबालिकालेभविष्यमा कलाकार बन्न सहयोग गर्ने, सामाजिक मूल्य र अनुभव हस्तान्तरण हुन सहयोग गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय संगीत कर्मी संघ स्याङ्जा अध्यक्ष बुद्धी परियार, संगीतकर्मी दूधप्रसाद नेपाली सहित अन्यसरोकारवालाहरुले ‘नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग पुर्याएको भन्दै प्रशंसागरे । २० जना बालबालिकाहरुले लगातार १० दिन सम्म पुतलीबजार नगरपालिका स्थित लामपाटामा मौलिक भाकामा धुननिकालेर सङ्गीत पारखीको जितिरहेका छन् ।उनीहरुले गन्धर्व जातीका कर्खा, सवाई, चरित्र, चाँचरी, मंगलधुन, बाह्रमासेगीत, घटनाप्रधान गीतहरुमा सारङ्गी बजाएका थिए ।
नेपालमा गन्धर्व जातीमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो । यसलाई बजाउन धनुको प्रयोग हुन्छ । सङ्गीतकास्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग गरिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
