स्याङ्जामा अभिभावकलाई अभिभावक शिक्षा, बालबालिकालाई नैतिक र आरोग्य शिक्षा

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा भिरकोट नगरपालिका वडा नं. स्थितपब्लिक एकेडेमी माध्यमिक विद्यालयमा त्यस क्षेत्रका अभिभावकहलाई अभिभावक शिक्षा बालबालिकाहरुलाई नैतिकशिक्षा आरोग्य शिक्षाका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको

कार्यक्रममा  भिरकोट नगरपालिका नगरप्रमुख गोविन्द कुमार कर्मचार्यलेअभिभावकहरुलाई बालबालिकाको बहुआयमिकक्षेत्रको विकास गर्नको लागि अभिभावक शिक्षा , बालबालिकाहरुको लागि नैतिक शिक्षा आरोग्य ज्ञान भविष्यको मार्गकार्यक्रम अत्यन्तै महत्वपुर्ण फलदायी साबित हुने बताए । निवर्तमान नगरप्रमुख छायाराम खनालले  विद्यालय, शिक्षक, अभिभावक विद्यार्थीको अन्तरसम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे

Advertisement

एकीकृत सेवा कार्यालय स्याङ्जाका  प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास सिकाइका लागि अभिभावकको ज्ञान, सिप सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्तरे उनले बालबालिकामा इमान्दार जिम्मेबार बनाउनको साथै उनीहरुको शारीरिक मानसिक स्वास्थ्यसँगै सकरात्मकभावना सिर्जनासँगै बालबालिकाहरुमा उनीहरुको रुची, क्षमता लक्ष्य पहिचान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेविश्वास व्यक्त गरे

कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रमको राष्ट्रिय प्रशिक्षक तथा गण्डकी आवसिय माविकी शिक्षिका लक्ष्मी शर्मालेविद्यार्थी, अभिभावक शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा सहजिकरणगरिन उनले अभिभावकरुपी आमा बाबु तथा घरका अन्य सदस्यले बालबालिकाको असल चरित्र निर्माण गर्नमा मुख्यभूमिका खेल्नुपर्ने बताइन उनले बालबालिकामा अनुशासन सँगै आफ्नो भविष्य उज्जल बनाउन मिहेनतसँग आफ्नो लक्ष्यमाअगाडी बढ्नुपर्ने कुरामा जोड दिइन

जीवन विज्ञान स्याङ्जा संयोजक राधा अर्याल पौडेलले आरोग्य ज्ञान बहुआयमिक क्षेत्र समेटेको उल्लेख गर्दै योग, ध्यान सकारात्मक चिन्तन प्राचीन तथा वैज्ञानिक रूपमा प्रमाणित विधिहरू भएको बताउँदै जसले शरीर मन दुवैलाई सन्तुलित राख्नसहयोग पुर्‍याउने, शरिरमा  ऊर्जा वृद्धि गर्ने, मनलाई शान्त, केन्द्रित स्थिर  बनाउन सहयोग गर्नुको साथै व्यक्तिको सोचाइ, व्यवहार जीवनप्रतिको दृष्टिकोणमा सुधार ल्याई मानसिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताइन

कार्यक्रममा वडा नं. का वडा अध्यक्ष नन्दलाल खनाल,  विद्यालयका प्रधानाध्यापक  सरिता रोका क्षेत्री   लगायतले यसकिसिमको कार्यक्रमले अभिभावक, शिक्षक विद्यार्थीको सम्बन्ध थप मजबुत बनाउनुको साथै नैतिक शिक्षासँगै मानसिक, शारिरीक स्वास्थ्यसँगै समाजमा सकरात्मक भावन सिर्जना गर्न सहयोग गर्ने  धारणा  राखेका थिए ।

अभिभावक,शिक्षक अन्य सरोकारवाला समेतको  सहभागिता रहेको कार्यक्रम विव्यास अध्यक्ष  चित्रबहादूर राना भुजेलअध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका शिक्षक नारायण प्रसाद कोइरालाले गरेका थिए ।

कार्यक्रमले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप सोचबाट टाढा राखी जीवनलाई सरल सहज तरिकाबाट जिउन, बालबालिकामा सदाचार, अनुशासन, इमानदारी, जिम्मेवारी सहानुभूति जस्ता गुणहरू विकास हुनुको साथै उनीहरुकोशारीरिक, मानसिक सामाजिक स्वास्थ्य सुदृढ बनाउन सहयोग गरी पढाइमा ध्यान केन्द्रित गर्न   बालबालिकालाई आफ्नोरुचि, क्षमता लक्ष्य पहिचान , सही करियर छनोट, समय व्यवस्थापन आत्मविश्वास विकासमा मार्गदर्शनमा सहयोगपुर्याउनेमा कार्यालयले विश्वास लिएको

More News last news
Loading...