स्याङ्जाको पुतलीबजार नगरपालिका १ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग स्याङ्जा जिल्ला अन्तर पालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता २०८२ मा चापाकोट नगरपालिकाले तृतिय स्थान प्राप्त गरेको छ । मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा हरिनाश गाउँपालिकालाई ८ विकेटले रोक्दै चापाकोट तृतिय भएको हो ।
हरिनाश गाउँपालिकाले दिएको ९० रनको लक्ष्य पछ्छाएको चापाकोटले निर्धारित २० ओभरको खेलमा १२ दशमलव ४ ओभरमा नै भेट्टाएको थियो । जम्मा २ विकेटको क्षतिमा चापाकोटले ९२ रन बनायो । चापाकोटका लागि करण पङ्गेनीले ३३ बलमा ४० रन बनाए । यस्तै, विशाल कोइरालाले नट आउट २१ तथा अनिश ताम्राकारले १७ रन जोडेका थिए भने अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन । चापाकोटका लागि करण पङ्गेनीले सर्वाधिक ४, रविन भट्टराईले ३ तथा अपरिचित पौडेल र समीर पङ्गेनीले समान १/१ विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको हरिनाशले निर्धारित २० ओभरको खेलमा १७ दशमलब ५ ओभरमै अलआउट हुँदै जम्मा ८९ रन मात्रै बनाउन सक्यो । हरिनाशका लागि मिलन क्षेत्रीले ३१, दिवस कुवरले २९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन ।हरिनाशका लागि कुशल खड्का र फत्तेसिंह थापाले समान १/१ विकेट लिएका थिए । यो खेलमा चापाकोटका करण पङ्गेनी मेन अफ दि म्याच घोषित हुँदै नगद ५ हजार रुपियाँ प्राप्त गरे ।
यसअघि बिहान स्याङ्जा महिला क्रिकेट टिम र कास्की महिला क्रिकेट टिमबिच भएको मैत्रीपुर्ण खेलमा स्याङ्जाले कास्कीलाई १० रनले पराजित गर्दै विजेता बन्यो ।
बुधबार सोही खेलमैदानमा गल्याङ नगरपालिका र वालिङ नगरपालिकाबिच फाइनलका लागि प्रतिस्पर्धा हुनेछ । गल्याङले सेमिफाइनलमा चापाकोटलाई रोक्दै फाइनल प्रवेश गरेको हो भने वालिङ हरिनाशलाई हराउदै फाइनल प्रवेश गरेको हो ।
फाइनलमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु लोक तथा दोहोरी गायक पशुपती शर्मा, सम्झना भण्डारी, घनश्याम रिजाल, भजन गायक शिव शर्मा, विक्रम संवत र डान्सर सगुन थापाको साङ्गितिक एवम् सास्कृतिक प्रस्तुती समेत रहने आयोजक खुमा अर्याल फाउन्डेसन स्याङ्जाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
