गल्याङ र वालिङ नगरपालिका स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिता २०८२ को फाइनलमा प्रवेश गरेका छन । सोमबार भएका सेमिफाइनलमा गल्याङले चापाकोट र वालिङले हरिनाशलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन ।
सेमिफाइनलको दोस्रो खेलमा वालिङ नगरपालिकाले हरिनाश गाउँपालिकालाई १ सय १६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिले ब्याटिङ गरेको वालिङले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६३ रन बनाएर हरिनाशका लागि १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वालिङका लागि ब्याट्सम्यान सुजन गौतमले अर्धसतक पार गरे । उनले २ छक्का र ६ चौकाको मद्धतले ४० बलमा ५१ रन जोडे । यस्तै, रोशन गौतम ४७, सुदिप अर्याल १७, मनोज गौतम १२, अङ्कित न्यौपानेले ११ रन जोडेका थिए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन । वालिङ्का लागि सुदिप अर्यालले ४, अन्कित न्यौपानेले ३ र सुजन गौतमले २ विकेट लिएका थिए ।
१ सय ६४ रनको विजयी लक्ष्य पछ्छाएको हरिनाश ८ दशमलव ५ ओभर मै अल आउट हुँदै जम्मा ४७ रन मात्रै बनायो । हरिनाशका लागि सुदिप खड्काले १८ तथा दिवश कुवरले १२ रन जोड्नु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सकेनन । हरिनाशका लागि मिलन क्षेत्रीले सर्वाधिक ४ विकेट लिएका थिए भने कुशल खडका, दिवश कुवर, फत्तेसिंह थापा र अडिट पौडेलले समान १/१ विकेट लिएका थिए । यो खेलमा वालिङका सुदिप अर्याल मेन अफ द म्याच घोषित भए । उनले नगद ५ हजार समेत हात पारे ।
बिहान सम्पन्न सेमिफाइनलको पहिलो खेलमा चापाकोट नगरपालिकालाई ७८ रनले बोल्ड गर्दै गल्याङले फाइनलमा स्थान पक्का गर्यो । पहिले ब्याटिङ गरेको गल्याङले निर्धारित २० ओभरको खेल खेल्दै ५ विकेट गुमाएर १७८ रनको मध्यम लक्ष्य चापाकोट सामु प्रस्तुत गरेको थियो । गल्याङका लागि दिपक प्रसाद डुम्रेले अर्धसतक पार गरे । उनले ५५ बलमा ४ छक्का र ५ चौकाको मद्धतले ७५ रन जोडे । यस्तै, विपिन खत्रीले ३९ रन बनाएका थिए । सन्दिप खत्रीले ३१ रन जोडेका थिए भने अन्य खेलाडीले राम्रो अंक बटुल्न सकेनन ।
गल्याङका लागि विपिन खत्री, दिपक डुम्रे र इसान पाण्डेले समान २/२ विकेट लिएका थिए भने सन्दिप खत्री, तुलसीराम भण्डारी, अनिश बस्याल तथा संयोग बस्यालले समान १/१ विकेट लिएका थिए ।
१ सय ७९ रनको विजयी लक्ष्य पछछाएको चापाकोट १४.१ ओभरमै अलआउट हुँदै ९० रन मात्रै बनाउन सक्यो । चापाकोटका लागि अपरिचित पौडेलले ४९ र करन पङ्गेनीले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन । चापाकोटका लागि नारायण भण्डारी, अपरिचित पौडेल, रविन भट्टराई र समीर श्रेष्ठले समान १/१ विकेट लिएका थिए । यस खेलमा म्यान अफ द म्याच गल्याङका विपिन खत्री घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
योसंगै यहि माघ १४ गते हुने फाइनल खेलमा गल्याङ नगरपालिका र वालिङ नगरपालिका आमनेसामने हुनेछन भने तेस्रो स्थानका लागि मंगलबार हरिनाश र चापाकोट भिड्ने भएका छन ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना, पुतलीबजार नगरपालिकाको सह आयोजना, स्याङ्जा जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको परामर्शमा माघ २ देखि सुरु भएको यो प्रतियोगिता माघ १४ मा सकिनेछ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा भिरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्याल र दोस्रो खेलमा वालिङ नगर प्रमुख कृष्ण खाणले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
