स्याङ्जा । रास्वपाबाट समानुपातिक उम्मेदवार बनेकी सुन्दरी नायिका रिमा विश्वकर्मा स्याङ्जाको चुनावी सभामा गरेको भाषणले सामाजिक सञ्जालमा व्यापक आलोचना खेप्नुपरेको छ ।
चुनाव प्रचारप्रसारका लागि स्याङ्जा पुगेकी विश्वकर्मा भाषणको क्रममा त्यहाँका जनताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई जिताए, चुनावपछि रवि र बालेन्द्रलाई उक्त क्षेत्रमा ल्याउने वाचा गरेकी थिइन्।
‘म यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नं १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिले नै गरेँ,’ उनले भनेकी थिइन्।
उनले गरेको यहि प्रतिबद्वताका कारण अहिले सर्वत्र ट्रोल बनिरहेकी छिन् । कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीबाट राजनीतिमा प्रवेश गरेकी रीमा उज्यालो–रास्वपा एकिकरणपछि समानुपातिक सांसद बन्ने दाउँमा रास्वपामा पुगेकी थिइन्।
घिसिङ १२ दिनपछि एकताबाट अलग्गिएपछि रीमा भने रास्वपामै बसिन् । उनी रास्वपाको समानुपातिक उम्मेदवारको दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा रहेकी छिन् । तर, विश्वकर्माको यो अभिव्यक्तिले उनको मात्र नभई समग्र रास्वपाकै लोकप्रियतामाथि धज्जी उडाएको भन्दै सामाजिक सञ्जालमा ब्यापक आलोचना भईरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
