स्याङ्जाको वालिङ–१३ स्थित आँधिखोला बहुप्राविधिक शिक्षालयमा ‘एक घर, एक गीता’ अभियान अन्तर्गत श्रीमद्भगवद्गीता वितरण गरिएको छ।आँधिखोला बहुप्राविधिक शिक्षालयमा कार्यरत धर्म गिरीको जन्मदिनको अवसरमा गिता पुस्तक वितरण कार्यक्रम गरिएको हो। विश्व हिन्दु युवा संघ स्याङ्जाको समन्वयमा भएको कार्यक्रममा विद्यार्थी तथा सहभागीहरूलाई गीता वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै धर्म गिरीले फजुल खर्च गर्नुभन्दा ज्ञान, संस्कार र नैतिक शिक्षाको प्रवर्द्धन गर्ने यस्ता अभियानहरू अर्थपूर्ण हुने बताए । उनले गीता जस्तो ग्रन्थले जीवनलाई सही मार्गतर्फ डो¥याउन सहयोग पुग्ने उल्लेख गरे ।
कार्यक्रमले विद्यार्थीहरूमा नैतिक मूल्य, अनुशासन र सकारात्मक सोच विकासमा टेवा पुग्ने विश्वास आयोजकको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
