पुतलीबजारका कृषकलाई अनुदानमा प्लास्टिक टनेल वितरण

पुतलीबजार नगरपालिकाले कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत किसानहरूलाई ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण गरेको छ ।

प्लास्टिक टनेल वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले वितरण गरिएको प्लास्टिक टनेल प्रविधिको प्रयोगबाट मौसमी प्रतिकूलताको प्रभाव न्यूनीकरण भई वर्षभरि तरकारी उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे । यस प्रविधिले किसानहरूको आयआर्जनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा व्यक्त गर्दै उनले आगामी दिनहरूमा पनि किसानमैत्री तथा उत्पादनमुखी कृषि कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।

Advertisement

कार्यक्रममा नगर प्रमुख रेग्मी सहित प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना र नगर भित्रका वडाका अध्यक्षहरु सहभागी थिए ।

More News last news
Loading...