गल्याङका २ विद्यालयमा न्यानो पोशाक वितरण

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले न्यानो पोशाक वितरण अभियानलाई थप निरन्तरता दिएको छ । फाउन्डेसनले शैक्षिक अभियानकै रुपमा सो कार्यक्रम अघि सारेको हो । यहि अभियान अन्तर्गत फाउन्डेसनले गल्याङ नगरपालिकाका २ विद्यालयका विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरेको हो ।

फाउन्डेसनले शुक्रबार गल्याङ नगरपालिका वडा न २ का जगत्रदेवी आधारभुत विद्यालयमा अध्ययनरत ६२ जना र हिमान्चल आधारभुत विद्यालयका ३२ जना गरि कुल ९४ जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको हो ।

Advertisement

मासिक नियमित शैक्षिक कार्यक्रम अन्तर्गत न्यानो पोशाक वितरण कार्यक्रम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा न्यानो पोशाक वितरण कार्यक्रममा मात्रै करिब १८ लाख रुपियाँ बराबरको रकम विद्यार्थीहरुको पोशाकमा खर्च गर्दै आएको बताए ।

विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गर्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले फाउन्डेसनले विभिन्न रचनात्मक र सकारात्मक कार्य गर्दै आइरहेको भन्दै आफ्नो पालिकामा फाउन्डेसनका अन्य कार्यक्रम आयोजनाका लागि अपेक्षा समेत रहेको आशय व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारलाई मुख्य सरोकार बनाएर रचनात्मक कार्य गर्दै आएको फाउन्डेसनले यसअघि बिहिबार मात्रै फेदिखोला गाउँपालिकाका ९ विद्यालयमा न्यानो पोशाक वितरण गरेको थियो भने बुधबार कालीगण्डकी गाउँपालिकाका २ वटा विद्यालयका १ सय २० जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको थियो ।

 

More News last news
Loading...