कविराज खनाल/लेखनाथ l पोखरा महानगरपालिका वडा नंं ३२, सातमुहने साझा बजार अम्वोटे दुर्गा मन्दिर सांस्कृतिक समुहले रुपातालको जलसिद्ध महादेवमा काठमान्डौको इन्द्रिेणी सास्कृतीक समुहलाई भब्य स्वागत गरेको छ ।
सांस्कृतिक समुहले करिब दुई लाख रुपैया संकलन गरी आर्थिक विपन्न तथा असहायक बर्गका विभिन्न रोगबाट ग्रसित व्यक्तिहरुलाई औषधी उपचारार्थ रहयोग रकम र अन्य व्यक्ति समुहबाट थप रकम ईन्द्रिणी सांस्कृतिक समुहका अध्यक्ष कृष्ण कंडेललाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रमका प्रमुख रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले सांस्कृतिक कार्यक्रम मार्फत संकलन भएको रकम हस्पिटलमा उपचार गर्दे गरेका बिरामीहरुको लागि समेत सहयोग रकम विपन्न तथा असहायक बर्गका लागि हुने हुँदा आफुहरुलाई निकै खुशी लागेको बताए ।
उनले रुपाताल आफैमा प्रकृतिको अनुपम उदारण भएको बताउदै संस्कृति सभ्यताको जननी भएकोले भजन चुट्का सांस्कृतिको रक्षाका लागि सवै संस्था, टोल समुह ले यसको जगेर्ना गर्नु पर्ने बताउदै उनले हालसालै रुपा तालमा उत्पत्ती भएको जलसिद्ध महादेवको संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन जुट्न सवै स्थानीय, संघ संस्थालाई आग्रह गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
