काठमाडौं l नेपाली काँग्रेस कास्की-काठमाडौं संपर्क समितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ l शनिबार (हिजो) कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित अधिवेशनले दीपक चन्द्र बरालको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छl
बरालको नेतृत्वमा निर्वाचित कार्यसमितिको उपसभापतिमा अच्युतराज पहारी र पितृराज आचार्य, सचिवमा विष्णु तिवारी र हरि पराजुली, कोषाध्यक्षमा शरण गुरुङ तथा सहसचिवमा रोहितबाबु खनाल र दीपेन्द्र आचार्य निर्बाचित भएका छन् l
यस्तै, सदस्यहरुमा चिजमाया गुरुङ, अमृत पौडेल, मनोज घिमिरे (क्षेत्री), विकास बहादुर परियार, विपुल बसौला, डा. हरि बराल, महादेव सुवेदी, नेत्र विक्रम बञ्जारा, पुष्पराज पराजुली, रुद्रमणी आचार्य र सन्दीप बराल निर्वाचित भएका हुन् l
सम्पर्क समितिका संस्थापक सभापति पाज्ञ. नगेन् सिंह ठकुरीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रमुख अतिथि जीवन परियारले यो संपर्क समिति काठमाडौंमा बस्ने कस्केलीहरुको साझा मञ्च भएको बताउँदै नयाँ कार्यसमितिले पोखरा जस्तै सुन्दर र नमुनयोग्य काम गर्न सुझाव दिएl
अधिवेशनमा कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय संपर्क विभाग प्रमुख नानु बास्तोला, केन्द्रीय सदस्य तथा उपभोक्ता तथा आपूर्ति विभाग प्रमुख गुरु बराल, कास्की सभापति किशोर दत्त बराल, महाधिवेशन प्रतिनिधि तिलक रानाभाट लगायत नेताहरुले शुभकामना व्यक्त गरे l
कार्यक्रमका सभापति पाज्ञ नगेन सिंह ठकुरीले १२ वर्ष अघि सुरु भएको संपर्क समिति वयस्क हुँदै गर्दा बलियो नेतृत्व पाएको भन्दै नयाँ कार्यसमितिलाई बधाई दिए l

नवनिर्वाचित सभापति बरालले संपर्क समितिलाई पार्टीको गुट-उपगुटको रूपमा प्रयोग नगर्ने भन्दै कस्केली र कांग्रेसको साझा हितमा काम गर्ने प्रतिबद्दता जनाए l
कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले पनि आफ्नो निवास (बुढानिलण्ठ) मै बोलाएर नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका छन् l
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
