मुक्तिनाथ बिकास बैंकद्वारा स्याङ्जाकी चेलीलाई १५ हजारको छात्रबृत्ति प्रदान

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको त्रिभुवन आदर्श मा.वि. कक्षा ११ मा अध्ययनरत छात्रा सुजिता रेग्मीलाई १५ हजारको छात्रबृत्ति प्रदान गरेको छ ।

आज त्रिभुवन आदर्श मा.वि. मा आयोजित कार्यक्रममा उक्त बैंकका सञ्चालक समिति सदस्य भरत लम्सालले छात्रा रेग्मीलाई १५ हजारको छात्रवृत्ति प्रदान गरेका हुन् ।

Advertisement

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रीय निर्देशक ऋषि ढकाल स्याङ्जा शाखाका प्रवन्धक डम्बर के.सी र वैकका अन्य कर्मचारीहरु र विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मी लगायतका शिक्षक, शिक्षिका उपस्थित रहेका थिए ।

यसवाहेक मुक्तिनाथ विकास बैंकले यस विधालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न पाँच लाखको अक्षय कोष स्थापना समेत गरिसकेको छ।

सामाजिक र शैक्षिक कार्यमा अग्रसर अग्रणी विकास बैंक मुक्तिनाथ विकास बैंक विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै आएको छ ।

More News last news
Loading...