रुपेश श्रेष्ठलाई निर्वाचित गर्दै भेटेरिनरी एशोसिएसन गण्डकीको अधिवेशन सम्पन्न

पोखरा । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीको चौंथो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिव डा. आशीष गौतम, सहसचिव डा. अशेषराज विक र कोषाध्यक्ष डा. सन्तोष बास्तोला निर्वाचित भए । सदस्य डा. प्रियंका भण्डारी, डा. समिक्षा फुँयाल, डा. आशीष बसौला, डा. विश्व गैरे, डा. सुवाश बेलवासे र डा.सुजन थापा मगर छन् ।

अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले भेटेरिनरी डाक्टरहरुले पशुपालक कृषकलाई सघाउने गरी काम गर्न आग्रह गरे । भेटेरिनरी एशोसिएसनमा आवद्ध डाक्टरहरुले पशुपालक कृषक र कृषिमा लागेकालाई सघाउ पुग्ने गरी काम गरेको खण्डमा कृषकले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने र राष्ट्रलाई नै फाइदा पुग्ने बताए ।

Advertisement

एशोसिएसनका केन्द्रीय अध्यक्ष रामकृष्ण खतिवडाले भेटेरिनरी डाक्टर अधिकारका लागि जुट्नुपर्ने बेला आएको बताए । उनलले अहिले पनि भेटेरिनरी डाक्टरलाई सरकारले अन्य निजामती कर्मचारीसरह सेवासुविधा प्रदान गर्न नचाहेको बताउँदै त्यसका लागि अन्य चिकित्सकले जस्तै आन्दोलन गर्न समेत आफूहरु तयार रहनुपर्ने बताए ।

एशोसिएसनका गण्डकी अध्यक्ष डा. राजेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सूचना तथा प्रशारण केन्द्र हरिहर भवन ललितपुरका प्रमुख डा.रामनन्दन तिवारी, राष्ट्रिय पशुप्रजनन् कार्यालय पोखराका प्रमुख एवं नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.जगदीश पाण्डेय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराई, नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाह, नेपाल भेटेरिनरी एशोसिएसनका निवर्तमान केन्द्रीय अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलगायत बोलेका थिए । कार्यक्रम सञ्चालन डा. अविनाश भट्टराइले गरेका थिए ।

More News last news
Loading...