नेपालकै पहिलो नवग्रह मन्दिरका निशान प्रतिमा पोखराको कोटिहोम महायज्ञमा राखिने

स्याङ्जा । गण्डकी प्रदेशको राजधानी पोखराको बिरौटामा जारी ऐतिहासिक श्री गण्डकी शत (१००) कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकै पहिलो नवग्रह मन्दिरबाट निशान प्रतिमाहरु राखिने भएको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरबाट उक्त विराट ज्ञान महायज्ञमा निशान प्रतिमाहरु राख्न लागिएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए । उनका अनुसार उक्त विराट महायज्ञमा वैशाख १७ (भोली) गतेदेखि जेष्ठ २५ गतेसम्म दर्शन र पूजाका लागि राखिनेछ ।

Advertisement

यसरी लगेका निशान प्रतिमालाई पूजाका लागि कोटिहोम स्थलमा १०८ फिट अग्लो रुद्राक्ष शिवलिङ्गको साथमा राखिनेछ । यसरी भोलीदेखि उक्त महायज्ञमा पुग्ने भक्तजनहरुले महायज्ञ स्थलमै नेपालकै पहिलो नवग्रह मन्दिरको प्रतिमामा पुजा गर्न पाउनेछन् ।

यसरी निशान प्रतिमाहरु महायज्ञमा लैजाँदा भक्तजनहरुलाई सहज हुने र मन्दिलाई स्वदेशमा मात्र नभई विदेशमा पनि चिनाउन सघाउ पुग्ने पालिकाको विश्वास छ । नवग्रह मन्दिरका निशान प्रतिमालाई विस्तारै नेपालका प्रमुख धार्मिक स्थलमा राख्ने योजना बनाईएको अध्यक्ष पोखरेलले बताए ।

More News last news
Loading...