कांग्रेस सांसद थकाली एएफपीपीडीको युवा समिति अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका युवा सांसद् योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्।

मलेसियाको क्वालालम्पुरमा अप्रिल २७–२८ मा भएको महासभाबाट थकाली अध्यक्ष निर्वाचित भएका हुन्। एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट एसिया(प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो। जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।

Advertisement

थकालीको निर्वाचनले जनसंख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तिकरणको क्षेत्रमा उनले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्।

उनले विभिन्न मञ्चहरूमा जलवायु संकटको आवाज बुलन्द गर्दै, दीगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।

More News last news
Loading...