स्याङ्जा । क्रिक्रेटर सन्दिप लामिछाने स्याङजाको अर्जुनचौपारी वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर पुगेका छन् ।
महाशिवरात्रीको अवसर पारेर गत फागुन ६ देखि जारी धार्मिक महोत्सवमा सहभागी हुन लामिछाने अर्जुनचौपारी पुगेका हुन् । अर्जुनचौपारी गाउँपालिकामा लामिछानेलाई पालिका अध्यक्ष प्रकाश तिवारी सहितका स्थानीयहरुले भब्य स्वागत गरेका छन् ।
अर्जुनचौपारी गाउँपालिका वडा नं ५ स्थायी घर भएका लामिछाने आफ्ना पिता र माताका साथमा नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शनका लागि अर्जुनचौपारी पुगेका हुन् ।
गत फागुन ६ गतेबाट नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरी प्राण प्रतिष्ठा तथा अनुष्ठानसहितको धार्मिक महोत्सव १४ गतेसम्म चल्ने पालिका अध्यक्ष तिवारीले बताए । नेपालमै पहिलोपटक निर्माण गरिएको यस मन्दिरमा भक्तजनहरुको घुईचो लागेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
