तनहुँ । विभिन्न सामाजिक कार्यमा सक्रिय लियो क्लब अफ दुलेगौंडा खैरेनीटार मन्त्रले एसइइ दिने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार शुक्लागण्डकी न.पा. ३ मा रहेको शहिद कृष्ण माध्यमिक विद्यालयमा क्लबले एसईई दिने विद्यार्थीलाई शैक्षिक सामग्री स्वरूप क्याल्कुलेटर र ज्यामितिय बक्स हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष प्रमिला सिग्देलले जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी ३ का वडाध्यक्ष सचिन भुजेलले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न लियो क्लबले अतुलनीय योगदान दिएको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न सिकाइ सहयोग सामग्री हस्तान्तरण गरेको बताउँदै आगामी दिनमा पनि विद्यार्थीहरूको साथमा रहेर यस्तै सहयोगका सामग्री हस्तान्तरण गर्ने बताईन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष युवराज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक राजन प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
