पोखरा । सत्तारुढ दल नेकपा (एमाले) निकट युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’ कास्की जिल्ला कमिटीको कोषाध्यक्षमा रुपा गाउँपालिकाका सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।
युवा संघका गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठ (आइतबार) भएको ११ औ जिल्ला अधिबेशनबाट सर्बसम्मत कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीको अध्यक्षमा उमेश गुरुङ, उपाध्यक्षमा प्रविन सुनार, सचिवमा हिमाल गुरुङ,
सहसचिवमा युवराज जिसी, सहसचिवमा अमृत अधिकारी निर्वाचित भएका छन् । अधिवेशनले ६ पदाधिकारीसहित ५३ सदस्सीय कार्यसमिति चयन गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
