चापाकोट विस्फोट : २ वर्षअघि सेनाबाट अवकास, अहिले घरमै हातहत्तियार खजाना

वालिङ । स्याङ्जाको चापाकोटमा भएको बम विस्फोटको घटनामा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ चापाकोट नगरपालिका–४ मल्याङ्कोटमा रहेको पुरीको घरमा सकेट बम विस्फोट भएको थियो ।

विस्फोटमा पुरी आफै सामान्य घाइते भएका थिए । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार पछि पुरीलाई प्रहरीले पक्राउ गरेको हो । दुई बर्ष अगाडि सेनाबाट अवकाश लिएका ४५ वर्षीय पुरीको घरबाट ठुलो मात्रामा विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुष्टी गरेको छ ।

पुरीको घरबाट विस्फोट नभएको ९ सय ग्राम बारुद, डेटकड २ थान, जंगी राउण्ड १ थान र खाली खोका २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

More News last news
Loading...