पोखरा । नेपाल विद्यार्थी संघ पोखरा इन्जिनियर कलेजको आयोजनामा दशैँ सांस्कृतिक साँझ एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति एवं पूर्व सांसद् शुक्रराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम नेपाल इन्जिनियर एसोशिएसन गण्डकी प्रदेशमा बिजय हाँसिल गरेका प्रजातन्त्रवादी समुहका (सिडेन) समर्थित प्यानलका सभापति इ सन्तोस जिसि र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई नेबिसंघ क्याम्पस इकाइ समितिले सम्मानपत्रसहित सम्मान गरेको हो।
बिजया दशमीको उपलक्ष्मा शुभकामना आदनप्रदान र साँकृतिक कार्यक्रम तर्फ कलेजका छात्रछात्राबीच नृत्य प्रत्योगिता आयोजना गरेको नेविसंघ पोखरा इन्जिनियर क्याम्पस इकाइले प्रथम समुहलाई १५०००, दित्तिय समुहलाई एक हजार नगदसहित पुरस्कृत गरेको नेबिसंघ इकाइ सभापति नम्रता लम्सालले जानकारी दिइन् ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश भातृसंस्था समन्वय विभाग प्रमुख अजित क्षत्री, नेबिसंघ केद्रीय सदस्य हेमन्त पाण्डे, टेनिस श्रेष्ठ, सम्मानित गण्डकी प्रदेश इन्जिनियर एसोसिएसनका सभापति सन्तोष जिसीले मन्तव्य राखेका थिए । कार्यक्रम इकाइ सभापति नम्रता लम्सालको अध्यक्षतामा भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
