रुपा-२ मा ७ वटा कार्यक्रम जोडेर ‘समुदायमा वडाध्यक्षसँग स्वास्थ्य शिक्षा कार्यक्रम’ सुरु

पोखरा । कास्कीको रुपा गाउँपालिका वडा न २ ले ७ वटा कार्यक्रम जोडेर समुदायमा वडाध्यक्षसँग स्वास्थ्य शिक्षा कार्यक्रम यसै आर्थिक वर्षभरी गर्ने भएको छ । जनताको स्वास्थ्यमा बढि समस्या देखिन थालेपछि स्वास्थ्यसंस्थाको समन्वयमा स्वास्थ्यका कार्यक्रमलाई बढि फोकस गरी नीति तयार पारेर बजेट ब्यबस्थापन गरेर काम अघि बढाईएको रुपा गाउँपालिकाका वडाध्यक्ष राजन सुवेदीले बताए ।

विकास भनेपछि बाटो, पार्टी पौवा, कुलो, भौतिक पुर्वाधारलाई मात्रै ठान्नु मुर्खता रहेछ विकास भनेको त शिक्षा, स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्नु पो विकास रहेछ सुवेदीले भने । पालिकाले अघिल्लो साता सुत्केरीलाई अण्डा दिने कार्यक्रम सार्वजनिक गरे लगत्तै वडाध्यक्ष सुवेदीले वडाध्यक्षसंग समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रम घोषणा गरेका छन् ।

Advertisement

वडामै भएपनि फरक प्रस्तुती दिएर आफुँलाई अपकमिङ पालिका प्रमुखका रुपमा प्रस्तुत गर्दै आएका सुवेदीले अहिलेदेखि नै चुनावी घरदैलो जसरी घरदैलो कार्यक्रम, वडा तह भ्रमण अनुगमन गरेर पालिकावासीसामु मितव्ययी रुपमा प्रस्तुत गर्दै आएको देखिन्छ । उनले प्रस्तुत गरेको यो कार्यक्रमलाई पनि जनतासँग सँगसँगै रहने योजनाको रुपमा लिइएको छ । प्रस्तुत छन् वडाध्यक्ष सुवेदीले घोषणा गरेका स्वास्थ्य कार्यक्रमहरु ।

बाल पोषण सम्बन्धी स्वास्थ शिक्षा र प्रदर्शनी शिविर

बालबालिकाहरुलाई पोषणको कमि हुँदा अनेकौं प्रकारका रोगहरु देखिएका छन् । आमाको पेटमा हुँदा देखि लिएर जन्मेपछि केही समय पौष्टिक आहार खुवाउनुपर्नेमा जनचेतनाको अभावमा यस्तो नहुँदा ठुलो समस्या देखिएकाले यसलाई न्युनिकरण गर्न स्वास्थ संस्थामा हरेक पटक आउँदा बच्चाको तौल शारीरिक बनावट लगायतलाई प्रदर्शनीका रुपमा गराउँदा सोचेजस्तो नतिजा प्राप्त गर्ने अपेक्षा वडाको छ ।

डेङ्गु मलेरिया रोगबारे स्वास्थ्य शिक्षा कार्यक्रम

पछिल्लो समय मलेरिया, डेङ्गु लगायका रोगबाट अधिक जनता प्रताडित छन् । यसको मूख्य कारण जनचेतना नहुनु र रोग लागेमा उपचारमा ध्यान नदिनुँले ज्यान समेत गएको हुँदा यस्लाई अभियानकै रुपमा अगाडि बढाईएको हो ।

किशोर किशोरीलाई कुलत सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम

पछिल्लो समय १३–१९ बर्ष भित्र का किसोर किसोरि हरु बढि मात्रामा लागू औषध दूव्र्यशनिको सिकार हुने गरेको पाईन्छ । यो पछिल्लो समयको सबैभन्दा डरलाग्दो समस्याका रुपमा देखिएको छ । भोलि यी र यस्ता खाले घटनासहित किशोरीको महिनावारी लगायतका विषयमा पनि अभियानमा समावेश गरिने छ ।

समुदायमै रक्तचाप तथा नसर्ने रोग सम्बन्धि स्वास्थ्य शिक्षा परीक्षण कार्यक्रम

निरोगी जनता उत्पादनमा ध्यान पुर्याउनका लागि वडाले यो कार्यक्रम टोल टोलमा गर्ने भएको छ। टोलमै स्वस्थ्य कर्मी गएर स्वास्थ परीक्षण गर्दा अन्य समस्याहरु पनि पत्ता लाग्ने भएर यस कार्यक्रमलाई टोलटोलमा गर्न लागिएको हो ।

५० गर्वबति र सुत्केरी हरु र उनिहरुका सासू , स्वास्थ कर्मि बिचको अन्तरक्रिया कार्यक्रम

पछिल्लो समय मा पनि बाल मृत्युदर घटाउन नसकि रहदा को उपाय स्वरुप यश कार्यक्रम सञ्चालन मा ल्याईयको हो बच्चा पेटमा हुदा आमाले के खाने के नखाने कस्ता कपडा लगाउने जन्मेपछि के गर्ने भन्नि बिषयमा गर्ववति वा सुत्केरी उनिको सासू र स्वास्थ कर्मि बिच अन्तरक्रिया गरि बाल मृत्युदर घटाउन प्रयास रत छौ यस्का लागि यो कार्यक्रम सञ्चालन गरियको छ ।

महिला स्वास्थ स्वयम् सेविका प्रोत्साहान एब बार्षिक समीक्षा कार्यक्रम
स्वास्थ्य संग जोडियका प्राय सबै कार्यक्रममा अर्निवाय महपला स्वयमसेविका जोडिने र वढि खटिन पर्ने भयका कारण उहाँ हरुको हौसलाका लागि प्रोत्सान कार्यक्रम गर्ने र समाजका सबै खाले कार्यक्रम को पनि समीक्षा गरि भोलिका दिनमा गर्ने कार्यक्रम थप प्रभाबकारि बनाउन पनि यो कार्यक्रम सञ्चालन गरियको हो ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति र सिङ्गो समुदायबीच अन्तक्रिया कार्यक्रम 

स्वास्थ्य चौकी, जनप्रतिनिधी, स्वास्थ कर्मी, महिला स्वयम्सेविका र सिङ्गो समुदायकाबीचमा गरेको अन्तक्रियाले नै ऐनाको काम गर्छ । कहाँ कुन पक्षबाट कमिकम्जोरी भए शुष्म अध्ययन गर्न यो कार्यक्रम राखिएको हो । यस कार्यक्रमबाट समग्र विकासको गतिविधिमा समेत फाईदा पुग्ने विश्वास वडाले लिएको छ।

More News last news
Loading...