काठमाडौँ । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ । कैलाली गोरखा र बर्दियामा गरी चार शव फेला परेको नेपाल प्रहरी प्रकान कार्यालय काठमाडौँले जनाएको छ।
कैलालीको जानकी गाउँपालिका-४ कंचनपुर बस्ने ३० वर्षीय रमेश कठरिया सोही ठाउँस्थित कुलोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको देवदह नगरपालिका-९ स्थित रोहिणी खोलाको पुल मुनी तिलोत्तमा नगरपालिका-११ मलारानी बस्ने ५५ वर्षीय बम बहादुर क्षेत्री सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङ बस्ने ८० वर्षीय दिल बहादुर गुरूङ पालुङटार नगरपालिका-१ एक्लेसाँघुस्थित चेपे नदीको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-२ स्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
