नमुना नवलपुर सदरमुकाम निर्माण : शिलान्यासको ६ वर्ष पुग्यो, काम अझै अलपत्र

नवलपुर । नवलपुर (नवलपरासी सुस्तापूर्व) को नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रुख कटान नहुँदा काम अगाडि बढ्न नसकेको हो ।

आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुअघि रुख कटानको आदेश पर्खिरहेको कार्यालयका इन्जिनियर द्रोण कट्वालले बताउनुभयो ।

Advertisement

नवलपुरको सदरमुकाम निर्माणका लागि एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । यो जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ वि।सं। २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो ।

शिलान्यास भएको ६ वर्षको अन्तरालमा बल्ल भवन निर्माणको काम अघि बढ्न थालेको छ । आयोजनाको लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपैयाँ रहेको छ।

More News last news
Loading...