भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाइएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो। यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ मन्त्रालय हुने भएको छ।

हालको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो। गण्डकीमा सत्तासाझेदार दल एमालेसँग भागबण्डामा कुरा नमिलेपछि सरकारमा नगएकोले मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा मन्त्रालय दिने भएका छन्।

Advertisement

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान राख्दा पनि एमाले सरकारमा जान आनाकानी गरिरहेको छ।

More News last news
Loading...