काठमाडौँ । तनहुँ जिल्ला डेंगु संक्रमितको ‘हटस्पट’ बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा देखिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गत माघयता देशभर पुष्टि भएका ३ हजार ७५५ जना डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै तनहुँमा ७१५ जना रहेको जनाएको छ ।
देशभरका ७७ मध्ये ७४ जिल्लामा डेंगु फैलिएको र जसमा १९ प्रतिशत सङ्क्रमित तनहुँमा भेटिएको ईडीसीडीले जनाएको छ । यस्तै, काठमाडौँमा ३५४ जना, कास्कीमा २७४, झापामा १४७ जना सङ्क्रमित छन् ।
यस्तै, चितवनमा १४५ जना, पर्वतमा १३६ जना, मकवानपुरमा ९० जना, गोरखाका ८५ जना डेंगु सङ्क्रमित छन् ।
यस्तै, संखुवासभाका ८३ जना र भोजपुरका ८२ डेंगु सङ्क्रमित छन् । यी दश जिल्लामा देशभरका सबैभन्दा बढी डेंगु सङ्क्रमित संख्या हुन् । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
