सूदुरपश्चिममा एकिकृत समाजवादी कांग्रेस गठबन्धनमा लागेपछि केपी ओली फायर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीले दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रस्तुत गरेको आरोप लगाएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि उनले सो आरोप लगाएका हुन्। सुदूरपश्चिमकाे मुख्यमन्त्री चयनका सवालमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको उनको भनाई थियो ।

Advertisement

‘आन्तरिक रुपमा हामीसँग बार्गेनिङ छदैँ थियो । पहिलो कार्यकाल नाउपालाई दिनसक्ने हामीसँग सहमति भएको थियो,’ उनले भने, ‘तर, यो समीकरणबाट नाउपालाई समर्थन नगरेर कांग्रेस केन्द्रित समीकरणबाट गर्ने, दक्षिणपन्थी अवसरवादको चरित्र नांगो ढंगबाट देखियो । यस्तो नहुनुपर्ने थियो । कम्युनिष्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गर्दैछन् ।’

जनतामा आशा पलाइरहेको बेलामा अहिले आन्तरिक रुपमा विपक्षीहरुको आशा पलाउनेगरी नेकपा एसले कदम चालेको उनले बताए ।

More News last news
Loading...