पोखरा । नेपाल पत्रकार महासंघले जारी गरेको महासंघको सदस्यता शुद्धीकरणमा गण्डकी प्रदेशमा ६ सय १२ जनाको मात्रै नवीकरणको लागि सिफारिस भएको छ । प्रदेशका ११ जिल्लाबाट कुल सिफारिसमध्ये सबैभन्दा बढी २ सय १६ अर्थात ३५ प्रतिशत कास्कीका मात्रै छन् ।
महासंघको नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड–२०८० अनुसार विभिन्न १५ बुँदे मापदण्ड तय गरिएकोमा कतिपय बुँदा मिचेरै जिल्लाहरुले प्रदेशमा सिफारिस गरेका छन् ।
पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्दप्रसाद सुवेदीले बिहीबार सूचना जारी गर्दै प्राप्त नाममा कुनै गुनासा भए साउन ८ गते दिउँसो ४ बजेसम्म उजुरी दिन सकिने जनाएका छन् ।
जिल्ला शाखाको कार्यसमिति निर्णयबमोजिम प्रदेशमा सिफारिस भएकामध्ये कास्कीबाट २ सय १६, गोरखा २०, मुस्ताङ २५, नवलपुर ८५, पर्वत ५०, बागलुङ ४६, स्याङ्जा ५४, तनहुँ ५१, म्याग्दी १३, मनाङ १७ र लमजुङ ३५ गरी ६ सय १२ जना सदस्य हुन् ।
कास्कीमा प्रदेशका अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी ३ सय १० जना सदस्य थिए । कास्कीले करिब एक सय पत्रकार पाखा लगाएको छ । कास्कीले मापदण्डका अधिकांश बुँदा मिचेको छ भने मापदण्डले छोएकामध्ये दलीय भागबण्डा आधारमा केहीलाई राख्ने र केही हटाउने गरेकोप्रति सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
नवीकरण सूची :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
