पोखराको रोपाइँ महोत्सवको हिलोमा विदेशी पर्यटक

 

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा शुक्रबार पोखरामा रोपाइँ महोत्सव भएको छ । पोखरा १३, कसेरी, डुुम्रिबोटमा आयोजित १८ औं संस्करणको उक्त महोत्सवमा विदेशी पर्यटक नौलो अनुभूति गर्दै हिलोमा खुबै रमाए ।

परिषद्ले खेतीयोग्य जमिन संरक्षण गर्दै लैजाने तथा कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्ने उद्देश्यका साथ ‘हिलोमा एक पटक त टेक्नु पर्छ है’ भनाइ आत्मसात गर्दै महोत्सवलाई निरन्तरता दिएको हो ।

Advertisement

परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले कृषिप्रधान देश नेपालमा सरकारले समेत उक्त दिनलाई धान दिवसको रुपमा मनाउने गरेकोमा आफूहरुले झण्डै २ दशकअघि सुरु गरेको महोत्सवको औचित्य सावित हुँदै गएको बताए । उनले महोत्सवले कृषिपर्यटनमा प्रवद्र्धन गर्नुका साथै धानखेतीमा कृषकलाई आकर्षित गर्न सहयोग पुगेको बताए ।

अफसिजनमा पनि पर्यटक आकर्षित गर्न महोत्सव सफल हुँदै गएको महोत्सव संयोजक कृष्ण भण्डारीले बताए ।

महोत्सवमा विभिन्नखालका प्रतियोगिता समेत भए । जसमा खुला साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समूहबीच असारेगीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समाप्ने प्रतियोगिता, हिलो दौड प्रतियोगिता भयो ।

यस्तै, महिला र खुला इभेन्टमा रस्साकस्सी एवं हिलोमा घैंटो फुटाउने प्रतियोगिता आयोजना गरिएको महोत्सव संयोजक कृष्णप्रसाद भण्डारीले बताए । विजयीलाई नगद र प्रमाणसहित पुरस्कृत गरिएको छ ।

More News last news
Loading...