Under Menu add (Inside news)

सरकारको नीति तथा कार्यक्रम आज प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

प्रतिनिधिसभाबाट शुक्रबार सरकारको नीति तथा कार्यक्रम पारित गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको हो ।

बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि धारणा राख्न बाँकी रहेका सांसदहरुले बोल्नेछन्। त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिनु हुनेछ भने त्यसपछि नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गर्ने र शुक्रबार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट यसअघि नै पारित भइसकेको छ। सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने छ।

Loading...