
काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।
बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।
यसअघि रुकुम पूर्वको हुकाम केन्द्रविन्दु भएर आइतबार ७ गते बिहान ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।