
काठमाडौं । द भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जित्नुभएको छ । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गर्नुभएका उहाँले उपाधि चुम्न सफल हुनुभएको हो ।
फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गर्नुभयो ।
उपाधि जित्नुभएका उहाँले १५ लाख रुपैयाँ नगद प्राप्त गर्नुभयो । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार दोस्रो जित हो । यसअघि द भ्वाइस किड्स सिजन १ को उपाधि पनि टीम प्रमोदले जितेको थियो ।