Under Menu add (Inside news)

रविको पार्टीमा प्रवेश गर्दैछन् महानायक राजेश हमाल ? तयारी धुमधाम

काठमाडौँ । गत स्थानीय तहको निर्वाचनमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल राजनीतिमा आउने हल्ला सामाजिक सञ्जालमा बाक्लै चल्यो। तर हमालले मुख खोलेनन्। जब प्रदेश र संघको निर्वाचन पछि उपनिर्वाचन पनि सकियो तब, हमालले आफू राजनीतिमा आउने पूर्व तयारीमा रहेको खुलासा गरे।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफू राजनीतिमा आउने विषय पर्ख र हेरमै रहेको बताए।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उनले भने। आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताए।

Loading...