
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारीहरु भटाभट पक्राउ पर्न थालेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान गर्दै जाँदा यस प्रकरणमा सत्ता र शक्तिको भरपुर उपयोग गरेका उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू पनि मुछिएका छन्।
यो समाचार तयार पार्दासम्म ९ जना पक्राउ परिसकेका छन् भने २ जनालाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । बिहीबार मात्रै पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।