Under Menu add (Inside news)

हँसाउने माग्ने बुढाको रुहाँउने कथा

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा दर्शकमाझ लोकप्रिय कलाकार हुन्। २०३२ साल चैत २८ गते मकवानपुरको ठिङ्गनामा जन्मेका केदार घिमिरे अहिले सबैको प्रिय र सफल कलाकार बनेका छन्।

तर उनी यो स्थानसम्म आइपुग्न थुप्रै हण्डर र ठक्करहरु खाए । केदारको संघर्षको कथा सुनेर जो कोही पनि भावुक हुन्छ । सुरुवाती दिनमा गर्न चाहेका एकपछि अर्को कामको असफलताले उनलाई साह्रै दुःख दियो ।

पिता कृष्णप्रसाद घिमिरे र माता आअग्निकुमारी घिमिरेका छोरा केदार कलाकार बन्ने दौडमा काठमाण्डौ भित्रिएका थिएनन् । उनी त धेरै पढेर वकिल बन्न चाहन्थे ।

कानुन विषय अध्ययन गर्नका लागि उनले २०५० सालमा काठमाण्डौको यात्रा तय गरे । कानुन पढेर ठूलो मान्छे बन्ने अनि देशको सेवा गर्ने सपना बोकेर काठमाण्डौ छिरेका उनले त्यो सपना पूरा गर्न भने सकेनन् । उनी विपनामा विस्तारै सपनामा नदेखेको काम तिर मोडिन थाले ।

Loading...