Under Menu add (Inside news)

नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । एसीसी प्रिमियर लिग क्रिकेटको उपाधिका लागि नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको ठाउँमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ।

आज कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी खेल्दै छन्।

आजको खेल वर्षाले रोकिएमा खेल भोलि हुने छ। फाइनल खेलका लागि एक दिन रिजर्भ डे राखिएको छ।

दुवै एकदिवसीय मान्यता प्राप्त देश भएकाले फाइनल खेल एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने छ।

नेपाल र युएईबीच अहिलेसम्म १३ वटा एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ७ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ।

फाइनल खेलको विजेता एशिया कपमा छनौट हुने छ भने समुह ए मा भारत र पाकिस्तानसँग खेल्ने छ।

Loading...