Under Menu add (Inside news)

यूएईले सिङ्गापुरलाई २ सय १ रनकाे भारी अन्तरले हरायाे

काठमाण्डाै l एसीसी मेन्स प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सिङ्गापुरलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा यूएईले सिङ्गापुरलाई दुई सय एक रनकाे भारी अन्तरले हरायाे ।

यूएईले दिएकाे चार सय ७२ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुरले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ७० रनमात्र बनाउन सक्याे । सिङ्गापुरका मनप्रीत सिंहले ६६ र थिलिपन ओमाइदुराईले ५२ रन बनाए । यूएईका आयन अफजल खान, कार्तिक मय्यप्पन र सञ्चित शर्माले दुई/दुई विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै चार सय ७१ रनकाे विशाल याेगफल बनायाे । यूएईका वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रन बनाए ।

उनले एक सय ३३ बलमा १७ चाैका र सात छक्काकाे मद्दतमा एक सय ७४ रन जाेडे । यस्तै कप्तान मुहम्मद वसीमले ८२ बलमा नाै चाैका र १६ छक्काकाे मद्दतमा एक सय ६० रन बनाए । यस्तै आयन अफजल खानले ५० बलमा ७४ रन बनाए । सिङ्गापुरका आदित्य भर्गवले चार र रमेश कलिमुथीले तीन विकेट लिए ।

याे जितसँगै समूह ‘बी’ मा रहेकाे यूएई तीन खेलमा चार अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । सिङ्गापुरमा तीन खेलमा अङ्कविहीन हुँदै अन्तिम स्थानमा छ । एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

Loading...