Under Menu add (Inside news)

भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचियो, १ जनाको मृत्यु, ९ घाइते

जाजरकोट । जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् ।

जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रिज भाँचिएको हो ।

घटनामा १ जनाको मृत्यु भएको पुष्टि भए पनि उनको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

घाइते ९ जनाको नलगाड नगरपालिका वडा नं. ७ दल्लीस्थित नगर अस्पतालमा उपचार भइरहेको उनले बताए। घाइतेको एक जना नेपाली बाहेक सबै भारतीय नागरिक रहेका छ्न् ।

Loading...